०२ असार २०८३, मंगलबार

पूर्वराजाको ५० औं वैवाहिक वर्षगाँठ, धेरैपछि पारस र हिमानीसँगै देखिए

बैशाख २१, २०७६
पूर्वराजाको ५० औं वैवाहिक वर्षगाँठ, धेरैपछि पारस र हिमानीसँगै देखिए

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल विवाह बन्धनमा बाँधिएको ५०औं वर्षगाँठको अवसरमा ललितपुरको एक होटलमा रात्रिभोजको आयोजना गरिएको छ। धोबीघाटस्थित चौधरी ग्रुपको स्वामित्वमा रहेको होटल भिभान्तमा रात्रिभोज आयोजना गरिएको थियो।

आफ्नै स्वामित्वमा रहेको होटल सोल्टीमा कार्यक्रम आयोजना नगरी भिभान्तमा आयोजना गरिएको रात्रिभोजमा शाही नातेदारको बाक्लो जमघट रहेको थियो। ज्ञानेन्द्रको अधिकांश कार्यक्रम यसअघि होटल सोल्टीमै हुने गरेको थियो। छुट्टाछुट्टै बस्दै आएका पूर्वयुवराज पारस र हिमानीसमेत एउटै कार्यक्रममा सहभागी भएका थिए।

लामो समयपछि पारस र हिमानी एउटै कार्यक्रममा भेट भएको हो। पारस धापासीस्थित कुण्डलिनी क्लबमा बस्दै आएका छन् भने हिमानी निर्मल निवासमा बस्दै आएकी छिन्

रात्रिभोजमा निजी सचिव सागर तिमल्सिनालगायत कुनै पनि कर्मचारीलाई बोलाइएको थिएन। नितान्त व्यक्तिगत कार्यक्रम भएकाले अन्य कोही कर्मचारीलाई नबोलाइएको स्रोतले दाबी गरेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्