१९ असार २०८३, शुक्रबार

मुख्यमन्त्रीको गृहजिल्लामा झाडापखाला फैलिँदा २० जना बिरामी, पत्ता लागेन कारण

बैशाख २१, २०७६
मुख्यमन्त्रीको गृहजिल्लामा झाडापखाला फैलिँदा २० जना बिरामी, पत्ता लागेन कारण

दाङ – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ ।

शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

उनका अनुसार बिहीवार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् । 

बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ ।

झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताए । गत वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्