२७ असार २०८३, शनिबार

बाजुरामा फैलियो भाइरल ज्वरोको प्रकोप

बैशाख २१, २०७६
बाजुरामा फैलियो भाइरल ज्वरोको प्रकोप
प्रतिकात्मक तस्वीर

बाजुरा – जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । 

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए ।

रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ बढीको उपचार गरेको प्रमुख सिंहले बताए । रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म १ जना स्वास्थ्य सहायक र १ जना अनमी गाउँमै रहने बताइएको छ । 

जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल  ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्रण गर्न ५ सयदेखि १ हजार बिरामीका लागि बाजुराका ९ वटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्