मोरङ- प्रभु बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरभित्र एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति बापतको शुल्क दाखिला गर्ने तथाअन्यसेवा र सुविधाको लागि यही वैशाख १९ गतेदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त काउन्टरको शुभारम्भ श्रम तथा वैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए ।
यस कार्यबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास यस बैंकले लिएको छ ।