०३ असार २०८३, बुधबार

माछापुच्छ्रेको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखारहित बैंकिङ सेवा

बैशाख २१, २०७६
माछापुच्छ्रेको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखारहित बैंकिङ सेवा

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखारहित बैंकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ । 

बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक शुरूआत गरेको छ । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखारहित बैंकिङ सेवा केन्द्रहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा पुर्‍याइरहेको छ ।

योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्