
काठमाडौं – दक्षिण कोरिया, अमेरिका र जापानले यसै हप्ता सउलमा वार्षिक त्रिपक्षीय सुरक्षा बैठक गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
डिफेन्स ट्राइल्याटरल टक्स (डीटीटी) को ११औं चरणको बैठक बिहीवार दक्षिण कोरियाको रक्षा मन्त्रालयमा हुन लागेको हो । सन् २००८ मा क्षेत्रीय सुरक्षा मामिला अनि उत्तर कोरियाको क्षेप्यास्त्र तथा आणविक कार्यक्रमका विषयमा डीटीटी गठन गरिएको थियो ।
बैठकमा दक्षिण कोरियाका रक्षा राज्यमन्त्री चुङ सुक–ह्वान, अमेरिकाका रक्षा राज्यमन्त्री –यान्डाल शृभर र जापानको रक्षा नीतिका महानिर्देशक ताकेशी इशिकावाले भाग लिनेछन् ।
बैठकमा तीनै पक्षले कोरियाली प्रायद्वीपको निःशस्त्रीकरण तथा स्थायी शान्ति, क्षेत्रीय सुरक्षा अवस्था र त्रिपक्षीय सुरक्षा साझेदारीका विषयमा छलफल गर्नेछन् ।
उत्तर कोरियाले शनिवार वोन्सानबाट छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि यो बैठक हुन लागेको हो ।
एजेन्सी