१२ असार २०८३, शुक्रबार

इन्टरनेटले घटायो युवाहरुको ग्याङफाइट !

बैशाख २५, २०७६
इन्टरनेटले घटायो युवाहरुको ग्याङफाइट !

काठमाडौं– सामान्य निहुँमा तन्नेरीबीच झगडा, धारिलो हतियारको प्रयोग र हत्या । काठमाडौं उपत्यकामा पछिल्लो ५ महिनामा  यस्तै तीन घटनामा तीन जनाको ज्यान गयो । पछिल्लो घटना हो, गत शुक्रबारको राती पुल्चोकको ।

राति ८ बजेतिर पुल्चोकको गल्लीमा दुई समूहबीच सुरु भएको विवाद एकैछिनमा हात हालाहालमा परिणत भयो । त्यही बेला एकजनाले २० वर्षीय अंशल शाक्यको छातीमा चक्कु प्रहार गरिदियो । नजिकै रहेको अस्पताल पुर्‍याउँदा पनि उनको प्राण रोकिएन ।

ग्याङफाइटमा व्यक्तिको ज्यानै गएको यसअघिको घटना चैत अन्तिम साता भएको थियो । 

प्रहरी अधिकृतहरू भने यिनलाई छिटपुट घटना मान्छन् । आजकलका तन्नेरीहरू इन्टरनेटको सहज पहुँचका कारण बदलिएको उनीहरूको अनुमान छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीका अनुसार पछिल्ला वर्षहरूमा ग्याङफाइटका घटना कम भएका छन्, ज्यानै लिने सांघातिक झगडाका घटनामा हवात्तै कमी आएको छ । ‘साक्षर पुस्ताको बढदो संख्या र सुलभ इन्टरनेटका कारण ग्याङ बनेर हिँड्ने र प्रतिशोधमा उत्रने प्रवृत्ति निकै घटेको छ,’ उनी भन्छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्