१३ असार २०८३, शनिबार

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

बैशाख २५, २०७६
सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलवार राति १ जनाको मृत्यु भएको छ ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नम्बरको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा जयसवालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्