
तौलिहवा – तौलिहवा मर्यादपुर सडकखण्डको डंगरीमा मोटरसाइकल दुर्घटनामा परी मंगलवार राति चालकको मृत्यु भएको छ ।
लु३प ५००१ नम्बरको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
ट्रक चालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।