०६ साउन २०८३, बुधबार

चोरी गर्ने समूहको आक्रमणबाट वृद्ध दम्पती घाइते, अस्पतालमा उपचार हुँदै

बैशाख २५, २०७६
चोरी गर्ने समूहको आक्रमणबाट वृद्ध दम्पती घाइते, अस्पतालमा उपचार हुँदै
सांकेतिक तस्वीर

चितवन- पूर्वी चितवनको राप्तीमा बुधवार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् ।

उनीहरूको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा आज बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो । सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते भएका छन् ।  

उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ । उनीहरूको साथबाट रिङ र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी  प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्