काठमाडौं – संसदको हिउँदे अधिवेशन सकिएसँगै निर्वाचन क्षेत्रमा गएका सांसद राजधानी फर्किएपछि ‘मिनि संसद’को व्यस्तता बढेको छ ।
सांसदहरू गाउँ फर्केपछि संसदीय समितिका बैठक बसेका थिएनन् ।
वैशाख १६ गतेदेखि शुरू भएको बर्खे अधिवेशनका लागि सांसद राजधानी फर्केपछि संसदीय समितिका बैठकको व्यस्तता बढेको हो । बुधवार बिहान प्रतिनिधि सभाका ५ वटा समितिका बैठक बसेका छन् ।
अर्थ समितिमा आगामी बजेटको विषयमा छलफल भयो । छलफलका लागि अर्थमन्त्री डा. युवराज खतिवडासहित अर्थ मन्त्रालयका अधिकारी सहभागी थिए ।
बुधवार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्यो । बैठकमा परराष्ट्रन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रालयका अधिकारी उपस्थित थिए । शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल उपस्थित थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डित उपस्थित थिए । बैठकका कर्मचारी समायोजनको विषयमा छलफल भयो ।
बुधवार नै विकास तथा प्रविधि समितिको बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।