२२ जेठ २०८३, शुक्रबार

अफगानिस्तानमा अमेरिकी सैनिकको मृत्यु

बैशाख २५, २०७६
अफगानिस्तानमा अमेरिकी सैनिकको मृत्यु
सांकेतिक तश्वीर

वासिङ्टन-  अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ ।

अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ ।

उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्