
काठमाडौं–देशमा अहिले नै कारबारको क्षमताभन्दा कैदीको संख्या धेरै छ । फौजदारी अभियोगमा थप १ लाख ३२ हजार दोषीलाई पक्राउ गरेर थुन्न सरकारसँग जेल नै नरहेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार अहिले देशभरका कारगारमा २१ हजार ८ सय ३५ कैदी छन् । तर जेलको क्षमता १५ हजार ४ सय ६६ कैदी अट्ने मात्रै छ ।
समाचारमा फरार सूचीमा पूर्व आईजीपी रमेशचन्द्र ठकुरीदेखि बैंकर प्रवनजंग कार्की लगायत रहेका छन् ।