०५ असार २०८३, शुक्रबार

१२ बजार वितरणपछि जन्मको आधारमा नागरिकता रोकियो

बैशाख २६, २०७६
१२ बजार वितरणपछि जन्मको आधारमा नागरिकता रोकियो

काठमाडौँ - सर्वोच्च अदालतको पछिल्लो आदेशले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले पाउन थालेको नागरिकता वितरण रोकिएको छ । 
प्रक्रिया पूरा गरेर नागरिकता लिन लाम बसेका युवायुवती बुधबार जिल्ला प्रशासन कार्यालयहरूबाट निराश भएर फर्किएका छन् ।

अन्तरिम संविधान २०६३ र नागरिकता ऐन २०६३ अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई संविधानमा व्यवस्था भएअनुसार वंशज नागरिकता दिन गृह मन्त्रालयले चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा पटक-पटक रिट परेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सर्वोच्चको पछिल्लो आदेशअनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण रोकिएको बताए । गृहको परिपत्रपछि करिब १२ हजार युवायुवतीले नागरिकता पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 


 

salt training

कमेन्ट गर्नुहोस्