१९ असार २०८३, शुक्रबार

रोमान्टिक पार्टनरलाई याद गर्दा रक्तचाप नियन्त्रित गर्न सकिन्छ : अध्ययन

बैशाख २६, २०७६
रोमान्टिक पार्टनरलाई याद गर्दा रक्तचाप नियन्त्रित गर्न सकिन्छ : अध्ययन

काठमाडौं- एक ताजा अध्ययनअनुसार, तनावका क्षणमा रोमान्टिक पार्टनरलाई याद गर्दा रक्तचापलाई नियन्त्रित गर्न सहायता पुग्छ । 

मन शान्त राख्नका लागि प्रेमीको याद त्यति नै प्रभावकारी हुन्छ, जति उसको सशरीर उपस्थिति । 

अध्ययनको दाबीअनुसार, रोमान्टिक पार्टनरको यादले मन आनन्दित त हुन्छ नै स्वास्थ्य पनि राम्रो हुन्छ । 

अध्ययनमा १०२ जनालाई संलग्न गराइएको थियो । ती सबैलाई तनावयुक्त काम गर्न भनिएको थियो । 

उनीहरूले आफ्नो एक गोडालाई केही क्षणका लागि हिउँ भएको पानीमा राख्न भनियो । त्यसपछि सबैजनाको रक्तचाप, मुटुको चाल र ढुकढुकीको अध्ययन गरियो । 

अनि उनीहरूमध्ये एकथरीलाई रोमान्टिक पार्टनरका बारेमा सोच्न, दोस्राथरीलाई रोमान्टिक पार्टनरको अनुहार हेर्न र तेस्रोथरीलाई आफूले दिनभरि गरेका काम सम्झिन भनियो । 

अमेरिकाको एरिजोना विश्वविद्यालयमा यो परीक्षण गरिएको थियो । 

वैज्ञानिकहरूले के पाए भने रोमान्टिक पार्टनर उपस्थित रहेको वा रोमान्टिक पार्टनरको याद आएको व्यक्तिको रक्तचाप सन्तुलनमा रह्यो । तर दिनभरिको कामकाजका बारेमा सोच्ने व्यक्तिहरूको रक्तचाप अपेक्षाकृत बढी नै रह्यो । 

-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्