२१ असार २०८३, आइतबार

रक्सीले झल्लु भएर आएका दुलाहालाई लखेटेर अर्कैसँग बिहे !

बैशाख २६, २०७६
रक्सीले झल्लु भएर आएका दुलाहालाई लखेटेर अर्कैसँग बिहे !

काठमाडौं – भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ । 

युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके । 

लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको थियो । दुलही पक्षले जन्तीको भव्य स्वागत गरे तर दुलाहा जयमालाका लागि स्टेजमा चढेपछि वातावरण धमिलियो । दुलाहा रक्सीले झल्लु अवस्थामा थियो । उसले अत्यधिक मापसे गरेका कारण स्टेजमा राम्ररी उभिन समेत सकिरहेको थिएन । 

यस्तो झल्लु केटासँग विवाह गर्न दुलहीले पूरै अस्वीकार गरिन् । अनि वातावरण एकदमै निराशाजनक बन्यो ।

त्यसैबीच विवाहमा आएका एक युवकले दुलहीका पितासमक्ष विवाह प्रस्ताव राखे । त्यसलाई सबैले स्वीकार गरे । 

परिवारका सदस्यको सहमतिमा यी दुईजनाको विवाह सम्पन्न भयो र दुलहीलाई बिदा गरेर घर पठाइयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्