०३ असार २०८३, बुधबार

चीनमा अनौठो परम्परा : अन्तिम संस्कारमा युवतीले गर्छन् अश्लील नृत्य

चीनमा अनौठो परम्परा : अन्तिम संस्कारमा युवतीले गर्छन् अश्लील नृत्य

काठमाडौं – कसैको मृत्यु भएपछि उक्त व्यक्तिको अपन्तम यात्रा र संस्कारमा प्रायः मानिसहरू रोएको अनि शोकाकुल भएको देखिन्छ । 

तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ लाश गाड्ने बेलामा युवतीहरूलाई अश्लील नृत्य गराइन्छ । 

वर्षौंदेखि चलिरहेको परम्परा समयसँगै आधुनिक बनेको छ । महिलाहरू पतिको मृत्युपछि स्ट्रिपटीज डान्सर्स (लुगा खोलेर नाच्ने युवती) लाई बोलाउँछन् । पति संसारबाट गएपछि उनलाई शानदार उपहार दिन यस्तो नाच आयोजन गरेको उनीहरूको तर्क छ ।

यो अश्लील नाच अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यी नाचहरू मृत शरीरको कफिनवरिपरि नाच्छन् । नाचका बेलामा जति बढी मानिस जम्मा हुन्छन्, मर्ने व्यक्तिको आत्मालाई त्यति नै आनन्द अनुभव हुने मानिसहरूको मान्यता छ । 

चिनियाँ सरकारले यो परम्परालाई गैरकानूनी मानेर यसमा रोक लगाउने कुरा गरेकोले यी नर्तकीहरू समस्यामा परेका छन् । सरकारले नर्तकीलाई दिइने पारिश्रमिकमा रोक लगाउने कुरा गरेको छ । 

सरकारले सन् २००६ र २०१५ मा यस प्रथाविरुद्ध कारवाही गरेको थियो तर चीनको ग्रामीण क्षेत्रका यो चलिनैरहेको छ । सरकारले अहिले फेरि यसमाथि कारवाही गर्ने अनि प्रतिबन्ध लगाउने कुरा गरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्