एजेन्सी-मेटगाला २०१९ को पहिरनका कारण बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा र आलोचना दुवै भयो ।
उनले त्यहाँ 'सिल्भर पेस्टल गाउन' पहिरिएकी थिइन् । त्यसमाथि उनको भद्दा मेकअप पनि । यसै लुकलाई मानिसहरूले सामाजिक सञ्जालमा मजाक गरे ।
उनको फोटोसँग जोडिएर टन्नै 'ट्रोल' भए । यसैबीच प्रियंकाकी आमा मधु चोपडाले पनि छोरी प्रियंकाको लुकको प्रतिक्रिया दिएकी छन् ।
मेटगालामा छोरीको पहिरनबारे मधुले भनिन्, 'यति टाढाबाट के प्रतिक्रिया होला ? यदि मेरो नजिक थिई भने म अंगालो हाल्थे । प्रियंका निकै सुन्दर देखिएकी थिइन् र निकै स्पेशल पनि । प्रियंकाको फोटो देख्नेबित्तिकै मैले उसलाई फोन गरेको थिएँ ।'
मधु चोपडाको यस प्रतिक्रियाले ट्रोलर र आलोचना गर्नेहरूलाई गतिलै जवाफ दिएको छ ।
प्रियंका चोपडाको आउटफिटलाई डायर (Dior)ले डिजाइन गरेको थियो ।