२२ जेठ २०८३, शुक्रबार

चोरीको मोटरसाइकलसहित एक पक्राउ

बैशाख २६, २०७६
चोरीको मोटरसाइकलसहित एक पक्राउ
फाइल फोटो

काठमाडौं- चोरी भएको बा७८प ४८२० नंको मोटरसाइकलसहित प्रहरीले काठमाडौंबाट एक जनालाई बिहीवार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ रहेका छन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले तीन जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा दुई जनाले चेकिङमा रहेका प्रहरी कर्मचारीलाई हेल्मेट प्रहार गरी भागेको जनाइएको छ । 

चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको र फरार दुई जनाको खोजी भइरहेको छ । 

यता काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ राधाकृष्ण टोलस्थित रीमा राजकोटीको टहरोबाट विभिन्न कम्पनीका ४ थान मोबाइल र नगद २५ हजारसहित एक लाख २६ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्