काठमाडौं – सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भन्नु स्वभाविक भएको बताएका छन् ।
राष्ट्रपतिले 'मेरो सरकार'भन्दा आलोचना गर्ने कांग्रेसलाई उनले प्रश्न गरे–‘महेन्द्रले भन्न शुरू गरेको 'जय नेपाल' के गर्ने ?’
बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले मेरो सरकार भन्नु गलत नभएको जिकिर गरेका हुन् ।
‘शब्दशब्दमा जाने हो भने त जय नेपाल प्रहरीले पनि भन्छ, कांग्रेसले पनि भन्छ । २०१७ सालमा प्रजातन्त्र कू गरेपछि महेन्द्रले जय नेपाल भनेका थिए, के यो शब्द डिक्सनेरीबाट हटाउने ?’ उनले प्रश्न गरे ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला चाइना जाँदा पनि मेरो सरकार भन्ने गरेको उनले दाबी गरे ।