
काठमाडौं– समाजवादी पार्टीको पदाधिकारी बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । बिहीबार बसेको बैठकले तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको तल्लो तहको कमिटी समायोजनका लागि एक कार्यदल गठन गरिएको छ ।
समायोजन कार्यदलमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादब र डम्बर खतिवडा रहेका छन् ।
यस्तै विभिन्न पार्टीलाई एकता प्रक्रियामा सहभागी गराउन एक वार्ता समिति गठन गरिएको छ ।
समितिमा राजेन्द्र श्रेष्ठ, पर्शुराम खापुङ्ग, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् ।
बैठकले आगामी ज्येष्ठ ११ देखि २५ गतेसम्म ८ स्थानमा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ भने कार्यालय व्यवस्थापनको जिम्मेवारी हिसिला यमी र प्रकाश अधिकारीलाई दिइएको छ ।
सञ्चार सम्पर्कको लागि प्रशान्त सिंहको नेतृत्वमा विश्वदीप पाण्डे, महेश चौरासिया र पूर्णबहादुर बस्नेतलाई तोकिएको छ ।
बैठकमा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले आ–आफ्नो धारणा समेत राखेका थिए ।