
बझाङ – जिल्लाको जयपृथ्वी नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रवार बेलुका से१ज ७७६ नम्बरको जीप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीय ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोशी चैनपुरबाट घर पुगेर जीपबाट ओर्लंदा जीप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयको आरोप छ । घटनाबारे थप अुनसन्धान भइरहेको र जीपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।