२७ असार २०८३, शनिबार

निस्दीवासीलाई सौर्यबत्ती प्रदान

बैशाख २८, २०७६
निस्दीवासीलाई सौर्यबत्ती प्रदान
फाइल फोटो

पाल्पा- टुकीको भरमा जीवनयापन गर्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका नागरिकले अब सोलारबाट बत्ती बाल्न पाउने भएका छन् । गाउँपालिकालाई टुकीरहित बनाउने कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । 

गाउँपालिकामा टुकी बालेरै जीवन निर्वाह गरेका १६६ घरपरिवारलाई सोलार वितरणका निम्ति गाउँपालिकाले १४ लाख ११ हजार विनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । मगर समुदायको बाक्लो बस्ती रहेको सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वमा रहेको निस्दीका सात वडामा सोलार वितरणको योजना रहेको छ । 

पहिलो चरणमा वडा नं ६ का ४१ घरपरिवारलाई २० वाट क्षमताका सोलार वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीको भनाइ छ । गाउँपालिकाको अर्चले, गल्धा, झिरुवास, मित्याल र ज्यामिरेमा सामुदायिक विद्युतीकरणको काम भए पनि ढिलासुस्ती भएको उनले बताए । विद्युत् नहुदाँ मोबाइल चार्ज गर्न तथा विद्युतीय सामानको प्रयोगमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।
 
सोलार पाएपछि अब धेरै राहत हुने निस्दी–६ चिदियाका कुलबहादुर नेपालीले बताए । उनले भने, 'छोराछोरी पढ्न तथा बेलुकासाँझको बेला घरको काम गर्न समेत सजिलो भएको छ ।' त्यस्तै नारीभन्ज्याङ्का विसन रानाले सोलार पाएपछि खुशी लागेको उल्लेख गर्दै अब मोबाइल चार्ज गर्न सजिलो हुने बताए । 

त्यस्तै वडा नं ५ मा पनि २० घरपरिवारलाई सोलार वितरण गरिएको छ । सो वडाका वाङलाङ, थाम, खर्कडाँडा, धोमादी, बोहरीखर्क, कठैडाँडा, डुम्रिडाँडा, ढुङ्गानाबेँसी, गल्धाफाँट, बेलडाँडा, केवरापानी र नामसुर्गागाउँका स्थानीयवासीलाई प्रतिघर २० वाट क्षमताका सोलार वितरण गरिएको वडासचिव एकराज अर्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्