काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले श्रीलंकाका पूर्वखेलाडीलाई कारवाही गरेको छ ।
आईसीसीले शुक्रवार नुआन जोएसा र अविष्का गुणवर्धनलाई संयुक्त अरब एमिरेट्स्मा खेलिएको एक टी-१० लीगमा भ्रष्टाचार गरेको आरोपमा अस्थायी रूपमा निलम्बन गरेको हो ।
यी दुईलाई आरोपको जवाफ दिन १४ दिनको समय दिइएको छ ।
आईसीसीले एमिरेट्स क्रिकेट बोर्डको तर्फबाट श्रीलंकाका पूर्व बलिङ प्रशिक्षक जोएसामाथि चार र गुणवर्धनेमाथि दुई आरोप लगाइएको छ ।
तर विश्व संस्थाले कुन घटनाका कारण कारवाही गरिएको हो भन्नेबारे खुलाएको छैन । यी आरोप भने गतवर्ष डिसेम्बरमा यूएईमा खेलाइएको टी-१० लीगसँग सम्बन्धित भएको बताइएको छ ।
-एजेन्सी