०१ साउन २०८३, शुक्रबार

कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

बैशाख २९, २०७६
कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

झापा- झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो । सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 

उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शंकास्पद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्