३२ असार २०८३, बिहीबार

मुसा मार्ने विषादी खाँदा १९ महिने नाबालकको मृत्यु

बैशाख २९, २०७६
मुसा मार्ने विषादी खाँदा १९ महिने नाबालकको मृत्यु
सांकेतिक तस्वीर

विराटनगर- मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ ।

स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाका अनुसार खेल्ने क्रममा नजानेर बच्चाले सेवन गरेका कारण घटना भएको पाइएको छ । 

प्रहरीका अनुसार विषादी घोलेर थालमा राखिएको पानी छोराले खाँदै गरेको अवस्थामा बुधबार दिउँसो १ बजेतिर आमा दिलुले देखेकी थिइन् । पानी खाएको केही बेरमै बिरामी परेपछि नाबालकलाई उपचारका लागि धरान लगिएको थियो ।  

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा   नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्