०९ असार २०८३, मंगलबार

जब पाइलटले बेहोशीमै ४० मिनेट विमान उडाए

बैशाख २९, २०७६
जब पाइलटले बेहोशीमै ४० मिनेट विमान उडाए

एजेन्सी- अस्ट्रेलियामा एउटा अचम्मको घटना भएको छ । त्यहाँ प्रशिक्षु पाइलटले एडिलेड विमानस्थलमाथिको हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोशीमै विमान उडाएका छन् । उडानअघि उनले पर्याप्त मात्रामा निद्रा पाएका थिएनन् र बिहानको खाना पनि खाएका थिएनन् ।  

अस्ट्रेलियाली परिवहन सुरक्षा ब्यूरो (एटीएसबी)ले मार्च ९ मा भएको यस घटनालाई 'गम्भीर घटना'को रूपमा लिएको छ । उसले एक रिपोर्ट जारी गर्दै गर्दै उक्त तालिम लिँदै गरेका पाइलटले उडानअघि पर्याप्त निद्रा नपाएको, चकलेट बार, इनर्जी ड्रिंक र थोरै पानी मात्रै पिएको बताएको छ । 

अस्ट्रेलियाको एबीसी न्यूजका अनुसार ४० मिनेटको यात्राको क्रममा विमान ५ हजार ५ सय फीट माथि पुगेको र प्रशिक्षु पाइलटको टाउको दुखेकाले उनले अटोपाइलट अन गरेका थिए ।

डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण रहेको हवाई क्षेत्रमा अनुमतिबिना प्रवेश गरेको थियो । एयर ट्राफिक कन्ट्रोलले धेरै पटक पाइलटसँग सम्पर्क गर्न खोजे पनि कोशिशले सार्थकता पाउन सकेको थिएन । 

एडिलेडको दक्षिण-पश्चिम क्षेत्रमा उडिरहेको अर्को विमान देखेपछि प्रशिक्षण लिइरहेका पाइलट निद्राबाट ब्यूँझिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्