
काठमाडौँ - चर्चीत क्रिकेटर सन्दीप लामिछानेले आफू चढेको जहाजले काठमाडौँको आकाशमा लगातार फन्को मार्न थालेपछि आफ्नो सातो गएको बताएका छन् । आइतवार साँझ उनी आइपीएल खेलेर नेपाल फर्किदै थिए ।
'म चढेको प्लेनले दश राउण्ड आकाशमा फन्को मार्दा त मेरो सातो गयो, यस्तो कसैलाई नहोस्,' लामिछानेले जहाजबाट उत्रेपछि पत्रकारहरूसँगको भेटमा भने । लामिछाने आइतवार एयर इन्डियाको जहाजमा नेपाल आएका थिए ।
खराब मौसमका कारण जहाज करीब दुई घण्टा आकाशमै फन्को मारेको थियो ।