२३ जेठ २०८३, शनिबार

रसुवाको सुक्खा बन्दरगाह निर्माण अढाई वर्षमा सकिने

बैशाख ३०, २०७६
रसुवाको सुक्खा बन्दरगाह निर्माण अढाई वर्षमा सकिने

काठमाडौं–रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणको काम जेठदेखि सुरु हुने भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न सुक्खा बन्दरगाह निर्माण हुने भएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ कम्पनी तिबेत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र नेपालको नेपाल इन्टरमोडल यातायात विकास समितिबीच आइतबार सम्झौता भएको छ । 

सम्झौतामा नेपाल सरकारका तर्फबाट समितिका उपनिर्देशक हरेकृष्ण मिश्र तथा निर्माण कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर याङ इनलिनले हस्ताक्षर गरेका छन् । करिब २ अर्ब रुपैयाँ लागत रहेको सुक्खा बन्दरगाह निर्माण सुरु भएको अढाई वर्ष (३० महिना)भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्