×

NMB BANK
NIC ASIA

पत्नीलाई राजनीतिक लाभका लागि त्याग्ने मोदीले महिलाको इज्जत गर्न जान्दैनन् : मायावती

बैशाख ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको बहुजन समाज पार्टी (बीएसपी) प्रमुख मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गर्दै अलवर ग्यांगरेप काण्डमा राजनीति गरेको आरोप लगाएकी छन् । 

Muktinath Bank

यसका साथै मायावतीले मोदीलाई व्यक्तिगत आक्रमण पनि गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मायावतीले भनिन्, ‘मोदीले बहिनी र पत्नीहरूको इज्जत गर्न के जान्दथे र ? उनले राजनीतिक लाभका लागि आफ्नै पत्नीलाई छोडिसकेका छन् । भाजपा नेताका पत्नीहरू आफ्ना पति मोदीनजिक जाँदा पनि डराउँछन् ।’


Advertisment
Nabil box
Kumari

सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘नरेन्द्र मोदी पहिला अलवरकी दलित महिलाको उत्पीडन घटनाका विषयमा चुप थिए । तर मैले बोल्नेबित्तिकै यस विषयमा उनले घिनलाग्दो राजनीति गरिरहेका छन् । चुनावमा पार्टीलाई फाइदा होस् भनी उनले राजनीति गरे । यो लज्जास्पद घटना हो । आफ्नी पत्नीलाई छोड्न सक्ने मानिसले अर्काकी दिदीबहिनी, छोरी र पत्नीलाई इज्जत दिन के सक्थे र ?’

Vianet communication
Laxmi Bank

उनले थपिन्, ‘मैले त के पनि थाहा पाएँ भने भाजपामा विवाहित महिलाहरू आफ्ना पति मोदीनजिक जाँदा तर्सिन्छन् । कतै मोदीले पतिहरूलाई आफूसँग वियोग त गराइदिँदैनन् भनी उनीहरू आत्तिने गरेको मैले थाहा पाएकी छु ।’

मायावतीले भनिन्, ‘मोदीले अति पिछडिएको वर्गलाई लोभ्याउनका लागि आफू अति पिछडिएको जातिबाट आएको भन्ने गरेका छन् । यी जन्मजात पिछडिएको वर्गका मानिस हैनन् । गुजरातको मुख्यमन्त्री हुँदा उनले जोडजाड गरेर आफ्नो जातिलाई पिछडिएको जातिमा सूचीकृत गराएका हुन् । यी वास्तविक पिछडिएको जातिका मानिस हुन्थे भने यिनले दलित र पिछडिएको वर्गका लागि बनेको घरको डाढ गर्दैनथिए । यी कागजी रूपमा मात्र अतिपिछडिएका वर्गका मानिस हुन् ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x