![बन्यो पानीमै तैरिने टापु [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Island01_w9CZHhX0g2.jpg)
एजेन्सी- खेर जाने वस्तुहरूलाई सही ढंगले प्रयोग गरे केही राम्रो चिज बन्न सक्छ । प्लास्टिक तथा बोतलहरू अहिले वातावरणमा नराकात्मक असर गरिरहेको छ । यी वस्तुहरू वर्षौंसम्म पनि नकुहिने भएकाले बोतल तथा प्लास्टिकजन्य पदार्थ व्यवस्थापनमा चुनौती छ ।
त्यस्तै रिचर्ट सोवा नाम गरेका एक व्यक्तिले नकुहिने वस्तुहरूको संकलन गरेर सही ढंगले प्रयोगमा ल्याएका छन् ।
उनले लगभग एक लाख प्लास्टिकहरू संकलन गरेर समुद्रको बीचमा एउटा सानो टापु निर्माण गरेका छन् । रिचर्ट सोवाको उक्त टापु पानीमा तैरिन्छ । उक्त तैरिने टापु मेक्सिकनटापु मुजेरेसन नजिकै छ ।


उनले टापुका लागि प्लास्टिकसँगै प्लाइउड पनि प्रयोग गरेका छन् ।
टापुलाई बाँधेर पानी जहाज वा डुंगाको सहयोगमा एक ठाउँबाट अर्को ठाउँमा पनि लान सकिनेछ ।

