०१ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको अधिकांश परिसूचक सकारात्मक

बैशाख ३०, २०७६
एनआईसी एशिया बैंकको अधिकांश परिसूचक सकारात्मक

काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा १४८प्रतिशत (१ अर्ब ९२ करोड) ले वृद्धि गरी ३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकको दाबी छ ।

यसैगरी खुदमुनाफातर्फ वार्षिक विन्दुगतआधारमा १४५ प्रतिशत ( १ अर्ब ३५ करोड) को वृद्धिसहित २ अर्ब २७ करोड खुद मुनाफाआर्जन गर्न सफल भएको छ । गतवर्षको सोही अवधिको खुद मुनाफा ९३ करोड रहेको थियो । 

बैंकले यस आर्थिक वर्षमा ३३.५प्रतिशत (५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक बिन्दुगत आधारमा ५० प्रतिशत (७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड पुर्‍याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (२९ अर्ब ) को वृद्धि तथा वार्षिक बिन्दुगत आधारमा ३७ प्रतिशत (४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (२६ अर्ब ८७ करोड) को वृद्धि तथावार्षिक बिन्दुगत आधारमा ३३ प्रतिशत (४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पुर्‍याउन सफल भएको छ ।

यसरी निक्षेपतथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरू भन्दा शीर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक बिन्दुगत आधारमा प्रतिशेय र आय १२४ प्रतिशतले वृद्धि गरी ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्‍याउन सफल भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरू, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्