साउन २४, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दर्ता गरेको छ । साविक जिल्ला विका...
काठमाडौं – ‘सोझा जनता सफा मन, कालोपत्र हुने कहिले भन’, ‘समय हेर्यौं पटक–पटक, हट्दैनौं हामी यो पटक’, धुवाँ–धुलो अति भो, ठेक्का भ’को कति भो ?’
यी नारा लेखिएका व्यानर ठेंचोदेखि टाखेलसम्मको सडक खण्डका विभिन्न ठाउँमा टाँसिएका छन् ।
सडकमा खाल्डो भएर पानी जमेको ठाउँमा ‘माछापालन’ वैशाखमै ‘रोपाइ कार्यक्रम’ र सडकको खाल्डोमा माछा समेत राखेर विरोध गरिरहेका छन् ।
कान्ति राजपथ अन्तर्गतको गोदावरी नगरपालिका ठेचो, चापागाउँ, टाखेल, ढोलाहीटी लगायतका सडकखण्डमा स्थानीयले विरोध गरिरहेका छन् ।
सडकमा धुलो र धुवाँले आफूहरू आजित भएको र जतिसक्दो छिटो पिच गर्नुपर्ने माग राख्दै स्थानीयले स्वस्फूर्तरुपमा सडक बन्द गराएको चापागाउँ नगरपालिका–११ का स्थानीय कृष्णकुमार केसीले लोकान्तरलाई बताए ।
गोदावरी नगरपालिका र सडक विभागमा पनि सडक कालोपत्रे गर्नुपर्ने र सडकको धुलो र धुवाँको व्यवस्थापन गर्नको लागि टोली गएपनि हालसम्म कुनै सुनुवाइ नभएकाले सडकमा ओर्लनुपरेको चापागाउँका स्थानीय राम महर्जनले आक्रोश पोखे ।
गोदावरीका मेयर गजेन्द्र महर्जनसँग सडकबारे बुझ्न जाँदा उनले ‘पम्फा भुसाल र राजकाजीसँग बुझ्न जानुस्’ भन्ने जवाफ आएपछि पम्फा भुसालसँग कुरा राख्दा ‘२ महिनामा पिच हुन्छ’ भनेपनि ६ महिनासम्म कालोपत्रे नहुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको महर्जनले बताए । ३ वर्षदेखि सडकखण्ड भएर हिँड्ने जनताले धुलो र धुवाँको समस्या भोग्नुपरेको छ । सडकलाई चुनावको बेलामा नेताहरूले चुनावी एजेन्डा समेत बनाएका थिए ।
स्थानीय महर्जनले भने, ‘नेताहरूले चुनावमा आफ्नो एजेन्डा बनाएर भोट मागे, अहिले वास्ता नै गर्दैनन् ।’ शुक्रवार र शनिवार बिहान ८ बजेदेखि ९ बजेसम्म र सोमवार बिहानदेखि बेलुका ५ बजेसम्म यातायातका साधन र पसल समेत बन्द गरी आन्दोलमा उत्रेको गोदावरीका आन्दोलन अगुवा विष्णु नकर्मीले लोकान्तरलाई बताए । नकर्मीले भने, ‘सडकको धुलो, धुवाँको र हिलो व्यवस्थापन नगरेसम्म हामीले आन्दोलन जारी राख्छौं ।’
ढोलाहिटी–चापागाउँ–टाखेल–लेले सडक खण्डमा सडकको बीचमा ठूला–ठूला खाल्डो छन् । सडकमा पानी परेको अवस्थामा हिलो र घाम लागेको अवस्थामा धुलो र धुवाँले स्थानीय आजित छन् ।
संघीय संसदमा समय–समयमा धुलोको विषयमा सासंदले आवाज उठाउँदै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो–धुँवा र हिलोले जनता पीडित नभएको आशय व्यक्त गर्दै आएका छन् ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सासंद नवराज शिलवालले चुनावी सभामा बोल्दै भनेका थिए, ‘यसअघिको सरकार सिंहदरवारमा मात्र बसेको छ, हामी जनताको घरघरमा जान्छौं ।’ ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ की सासंद पम्फा भुसालले जाउलाखेलको सभालाई सम्बोधन गर्ने क्रममा ‘जनतालाई प्रत्यक्ष प्रभाव पर्ने काम गर्नेछु’ भनेकी थिइन् ।
उनीहरूकै निर्वाचन क्षेत्रमा पर्ने स्थानीय जनता हाल धुलो, धुँवा र हिलो व्यवस्थापन गर्नुपर्ने भन्दै आन्दोलमा उत्रेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दर्ता गरेको छ । साविक जिल्ला विका...
राजस्व छलीको समानसहित १ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९०६ थान छालाको पेटी र ५ हजार २९४ थान पर्ससहित सप्तरी राजविराज नगरपालिका&...
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले न...
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...
उच्च अदालतका २७ न्यायाधीश पदका लागि २ सय ७७ जनाले आवेदन दिएका छन् । न्याय परिषद् सचिवालयले २७ न्यायाधीशको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । परिषद्को आह्वानअनुसार २ सय ७७ जनाको दरखास्त दर्ता भएको हो ।&...
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमा ७५ वर्षीय एक वृद्धको घरमा ७ जनाको समूहले चोरी गरेर फरार भएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार चोर साढे २ तल्लाको घ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...