
काठमाडौं– अवैध भारतीय नोटसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजारमा रहेको होटल मेट्रो ईनबाट प्रहरीले १५ हजार ९० हजार ५००भारु सहित धादिङका शम्भु परियार, दोलखाका राम बिक्रम खड्का, कास्कीका सन्तोष थापा, बागलुङका नबिन थापा , काभ्रेपलान्चोकका राजेन्द्र तामाङ र धनध्वज तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।