३० जेठ २०८३, शनिबार

शोकमाथि शोक, कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा गयो ज्यान

बैशाख ३०, २०७६
शोकमाथि शोक, कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा गयो ज्यान

दाङ–दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ ।

कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो ।

    राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उहाँको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्