०२ असार २०८३, मंगलबार

युवतीको मोलमोलाइ हुने ठाउँमा सादा पोसाकमा प्रहरी

बैशाख ३१, २०७६
युवतीको मोलमोलाइ हुने ठाउँमा सादा पोसाकमा प्रहरी

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । 
सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो । 
परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । याे खबर राजधानी दैनिकमा छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्