२३ असार २०८३, मंगलबार

समायोजनले कहिल्यै निको नहुने व्यथा दियो : उपप्रधानमन्त्री यादव

बैशाख ३१, २०७६
समायोजनले कहिल्यै निको नहुने व्यथा दियो : उपप्रधानमन्त्री यादव
फाइल फोटो

काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताएका छन् । 

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको मंगलवारको बैठकमा उनले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक छ भने ।

उपप्रधानमन्त्री यादवले भने, 'औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चितसमेत हुन पुगेका छन् । खरीद गरिएका औषधिका पनि तीन महिनामा समयावधि सकिन्छ ।'

संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको उनले जानकारी दिँदै कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताए । 

उपप्रधानमन्त्री यादवले भने, 'समायोजनले व्यथा दियो, यो व्यथा कहिल्यै निको नहुने भयो । स्वास्थ्य सेवा प्रभावमा समेत असर पर्न थाल्यो ।' स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै उनले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउन लागिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्