२४ जेठ २०८३, आइतबार

अमेरिकाको सेन्ट लुईसमा गोलीकाण्ड, ३ जनाको मृत्यु

बैशाख ३१, २०७६
अमेरिकाको सेन्ट लुईसमा गोलीकाण्ड, ३ जनाको मृत्यु

काठमाडौं – अमेरिकाको सेन्ट लुईसमा सोमवार अबेर गोलीकाण्ड मच्चिँदा तीनजनाको मृत्यु भएको र दुईजना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् । 

राति ९ बजे घटना भएको केही क्षणपछि प्रहरी घटनास्थलमा पुग्दा एकजना व्यक्ति बाहिर आँगनमा अनि चारजना भित्र ढलिरहेको देखेको सेन्ट लुईस पोस्ट डिस्म्याच पत्रिकाको अन्लाइन संस्करणले लेख्यो । 

सबै पाँचजना २० देखि ३५ वर्षको बीचमा रहेको प्रहरी प्रमुख जोन हेडनले बताए । 

तीनजना मृत अवस्थामा फेला परे भने चौथा व्यक्तिको सास मात्र चलेको पाइयो र उनको टाउकोमा गोली लागेको थियो । पाँचौं व्यक्तिको गोडामा गोली लागेको थियो र उनी सचेत रहेको पत्रिकाले लेख्यो ।

गोलीकाण्ड किन भयो र प्रहरीले आरोपितहरूलाई खोजिरहेको छ कि छैन भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

रोयटर्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्