२८ जेठ २०८३, बिहीबार

उच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्यो

बैशाख ३१, २०७६
उच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्यो

दाङ- तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फर्छ्यौट गरेको छ ।
 
उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा   जिम्मेवारी सरेका १८४ गरी जम्मा  ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फर्छ्यौट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिए ।
 
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जिम्मेवारी सरेर आएका ३७३ र नयाँ दर्ता भएका ३३४ गरी ७०७ थान मुद्दामध्ये ४२८ थान अर्थात ६०.५३ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो ।

गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा २.७८ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको छ । छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष , निःशुल्क रूपमा निवेदन लेखिदिने व्यवस्था गर्नाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइ समयमै  प्रभावकारी रूपमा मुद्दा छिन्न सफल भएको उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए ।

उनले  थुनुवा, तथा  असहाय, आर्थिक रूपमा विपन्न बालबालिका, र महिलाका मुद्दामा वैतनिक कानून व्यवसायीको व्यवस्था गर्नाका साथै न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि  समुदायमा अदालत र न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमित रूपमा भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्