०५ असार २०८३, शुक्रबार

सांसदलाई चाहियो १०–१० करोड, शीर्ष नेताको घरदैलो धाउँदै

जेठ १, २०७६
सांसदलाई चाहियो १०–१० करोड, शीर्ष नेताको घरदैलो धाउँदै

काठमाडौं– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरुले लबिङ बढाएका छन् । 

आजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचारअनुसार कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दवाव दिइरहेका छन् । 

प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरू तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्