११ साउन २०८३, सोमबार

मेयरको १ करोड २० लाखको गाडीमा गएराति आगजनी

मेयरको १ करोड २० लाखको गाडीमा गएराति आगजनी
फाइल फोटो

अछाम – अछामको मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

नगरपालिकाको बा२झ ३६९४ नम्बरको गाडीमा मंगलवार राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । 

रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।

मंगलसैन बजारका स्थानीयले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले हालसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएको टिप्परलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए । नगर प्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करीब १ वर्षअघि १ करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो ।

गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशंकामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्