२७ असार २०८३, शनिबार

एनआईसी एशिया र स्पार्क हेल्थ होमबीच सम्झौता

एनआईसी एशिया र स्पार्क हेल्थ होमबीच सम्झौता

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लिबीच काठमाडौंबीच बैंकका कर्मचारी, उनीहरूका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्ड बाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरूलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्तसम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर रहेका २८३ शाखा कार्यालयहरू, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैंकका करीब १६ लाख ग्राहक छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्