काठमाडौं – भारतको दिल्लीबाट इटालीको मिलानका लागि उडेको अलइटालिया विमानमा ५२ वर्षीय एक भारतीय यात्रुको मंगलवार मृत्यु भएको छ । उनको मृत्यु भएपछि पाइलटहरूले विमानलाई अबु धाबीमा आकस्मिक अवतरण गराएका छन् ।
मृतकको नाम कैलाश चन्द्र सैनी हो र उनी आफ्ना छोरा हीरा लालसँग यात्रा गरिरहेका थिए ।
‘शव भारत फिर्ता ल्याउन अबु धाबीमा सबै प्रक्रिया पूरा गरिसकिएको छ । हामीहरू आधिकारिक प्रक्रिया पूरा गर्न नयाँ दिल्लीसँग काम गरिरहेका छौं,’ यूएईस्थित भारतीय दूतावासमा काउन्सेलर एम राजामुरुगनले बताए ।
अबु धाबीस्थित अधिकारीहरूले मृत्यु प्रमाणपत्र जारी गरेको र छोराले बुवाको शरीरसहित एतिहादको उडानमा भारत आउन लागेको उनले बताए ।
राजस्थानका मूल निवासी सैनी इटालीमा बसिरहेका थिए ।
एजेन्सी