
काठमाडौं – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चीनको राजधानी बेइजिङमा नेपाली भूमिमा कायम भएको भारतीय उपनिवेशको विरोध गरेका छन् ।
बेइजिङको इन्टर कन्टिनेन्टल होटलको सभाकक्षमा बिहीवार आयोजित एक कार्यक्रममा नेपालले सम्बोधन गर्दै भारतले नेपालको करीब ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेशमा राखेको उल्लेख गरे ।
भारतीय उपनिवेश अन्त्य नभएसम्म नेपालको राजनीतिक विकास सम्भव नहुने नेपालले बताए ।

बेइजिङमा आयोजना भइरहेको राजनीतिक विकास प्रवर्द्धनका लागि एसियाली ज्ञान (एसियन विस्डम टु प्रमोट पोलिटिकल एड्भान्समेन्ट) नामक कार्यक्रममा नेपालले उक्त धारणा राखेका हुन् । फोरम अन कन्टेम्पोररी चाइना यान्ड वर्ल्ड २०१९ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।