
काठमाडौं – बार्सिलोनाका पूर्व अध्यक्ष जोआन लापोर्ताले एट्लेटिको मड्रिडका फर्वार्ड एन्टोइन ग्रीजम्यानलाई बार्सामा ल्याउनु ठीक नहुने बताएका छन् ।
लापोर्ताले ग्रीजम्यान महंगा भएका अनि बार्सिलोनाका प्रशंसकले उनलाई क्लबमा ल्याउन नचाहेको बताए ।
‘धेरैजसो प्रशंसकले उनलाई क्लबमा आएको हेर्न चाहँदैनन् अनि उनको मूल्य पनि अनावश्यक महंगो छ । ग्रीजम्यानले क्लबका लागि गर्न सक्ने योगदान अन्य खेलाडीले पनि गर्न सक्छन् । तर उनी क्लबमा आए भने हामीहरू उनलाई यहाँ आउने सबै खेलाडीलाई जस्तै प्रोत्साहित गर्नेछौं ।’
केही दिनअघि लापोर्ताले फेरि एकपटक बार्सिलोनाको अध्यक्ष बन्न चाहेको बताएका थिए । अध्यक्ष पदको चुनाव सन् २०२१ मा हुन लागेको छ ।
मार्का डट्कमबाट