०२ असार २०८३, मंगलबार

केपी अोलीसहित तीन नेताको पुत्ला बनाएर फाँसी दिइयो

कात्तिक २०, २०७४
केपी अोलीसहित तीन नेताको पुत्ला बनाएर फाँसी दिइयो
नवलपरासी, ३ पुस - मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन,  आजको अन्नपूर्ण पोस्टमा खबर छ ।fasi
तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको र सीमांकन विरोधी अभिव्यक्ति दिएको भन्दै संयुक्त मधेसी मोर्चामा आवद्ध दलहरुले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीको पुत्ला बनाएर परासीको बुद्धचोकमा फाँसी दिएका हुन् ।
सीमांकनविरुद्ध एमालले विभिन्न जिल्लामा गरेको बन्दको विरोध गरेका छन्। बुद्धचोकमा आयोजित उक्त विरोध कार्यक्रमपछि आयोजित कोणसभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले संविधान संशोधन प्रस्तावमा आफूहरुका माग समावेश नभए मधेसमा आन्दोलन चर्काउने चेतावनी दिए।

salt training

कमेन्ट गर्नुहोस्