०८ असार २०८३, सोमबार

इरानले लडाकूहरूलाई प्रोक्सी वारका लागि तयार रहन दियो निर्देशन

इरानले लडाकूहरूलाई प्रोक्सी वारका लागि तयार रहन दियो निर्देशन

काठमाडौं – इरानका शीर्ष सैन्य नैताले बग्दादमा इराकी लडाकूहरूलाई भेटेर प्रोक्सी वारका लागि तयार रहन निर्देशन दिएको द गार्डियन पत्रिकाले लेखेको छ ।

दुई वरिष्ठ जासूसी स्रोतले बताएअनुसार, इरानको शक्तिशाली कुद्स बलका नेता कासेम सुलेमानीले तीन हप्ताअघि लडाकूहरूलाई बैठकमा बोलाएका थिए । यस क्षेत्रमा तनाव बढेपछि उनले लडाकूहरूलाई बोलाएका हुन् । 

इरानले साझेदारहरूलाई सञ्चालन गर्ने भएपछि मध्यपूर्वमा वाशिङटनको सरोकारमा जोखिम परेको भन्दै अमेरिका डराएको छ । बेलयातले इराकमा रहेका आफ्ना सैनिकमाथिको जोखिम स्तर बिहीवार बढाएको छ । 

त्यसो त सुलेमानीले विगत पाँच वर्षमा इराकका थुप्रै शिया समूहहरूलाई नियमित भेटघाट गरेका छन् । तर अहिलेको भेटघाटको प्रकृति फरक थियो । ‘युद्धको आह्वान नै त गरिएको हैन तर लगभग त्यही नै हो,’ एक स्रोतले बताए ।

यो बैठकपछि अमेरिका, बेलायत र इराकका अधिकारीहरूबीच कूटनीतिक भेटघाट तीव्र बनेको छ । उनीहरू तेहरान र वाशिङटनबीचको युद्ध टार्ने प्रयासमा लागेका छन् । इराकमा यो युद्ध हुनसक्ने डर उनीहरूलाई लागेको छ ।

द गार्डियनबाट 

salt training

कमेन्ट गर्नुहोस्