२३ असार २०८३, मंगलबार

कीर्तिमान भंग गर्ने आशासहित भाजपाका ठूला नेता भेला भए बनारसमा

कीर्तिमान भंग गर्ने आशासहित भाजपाका ठूला नेता भेला भए बनारसमा

काठमाडौं – भारतको केन्द्र सरकारका शीर्ष मन्त्रीहरू पवित्र शहर बनारसमा भेला भएका छन् । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी उम्मेदवार छन् । 

अघिल्लो चुनावमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई मोदीले तीन लाख ७१ हजार सात सय ८५ भोटले हराएका थिए र जीतको त्यो मार्जिनलाई तोड्ने लक्ष्य भाजपा नेताहरूले लिएका छन् । 

रेलवे मन्त्री पीयूष गोयल उत्तर प्रदेशका स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंह र ऊर्जामन्त्री श्रीकान्त शर्मासँग वैशाख ३० गतेदेखि नै अड्डा जमाएर बसेका छन् । 

बुधवार परराष्ट्रमन्त्री सुषमा स्वराजले काशीमा महिलाको स्कूटर –यालीको उद्घाटन गरिन् । 

बिहीवार सूचना तथा प्रसारणमन्त्री राज्यवर्धन राठौर बनारस पुगेर घरदैलो अभियान गरे । 

भाजपाले यसपालि पश्चिम बंगालमा सीट बढाउने कसरत गरिरहेको छ तर उसले आफ्नो शीर्ष चुनाव क्षेत्रलाई बेवासता गरेको छैन । भाजपा अध्यक्ष अमित शाह कोलकातामा रोड शो गरेपछि सीधै बनारस पुगे अनि त्यहाँबाट नयाँ दिल्लीमा गएर पत्रकार सम्मेलन गरे । 

मोदी आफैं पनि दिनहुँ जसो काशी विमानस्थल पुग्ने गरेका छन् र बनारसको राजनीतिक माहोलमा भिज्ने कोशिश गरिरहेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्