![किसान र बजारबीच रहेको माफियाको ‘ग्याङ’ तोड्छु : कृषिमन्त्री खनाल [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Chakra_pani_khanal_Eg8JsFrZ5N.png)
काठमाडौं – सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने नारा लगाइरहे पनि खाद्यान्न आयात रोकिएको छैन ।
चरम व्यापार घाटा व्योहोरेको मुलुकले कृषिजन्य उत्पादन समेत आयात गर्नुपरेको अवस्था छ ।
सरकारले कृषिमा युवालाई आकर्षित गर्न विभिन्न अनुदान दिने घोषणा गरे पनि त्यसको सही सदुपयोग भएको छैन । अनुदानमा पहुँचवालाकै रजाईं छ ।
किसानले उत्पादन गरेका वस्तुले बजार नपाउने तर उपभोक्ता महंगो मूल्य तिर्न बाध्य छन् । उपेक्षामा परेको कृषि क्षेत्रको विकासका लागि सरकारले के काम गरिरहेको छ ?
लोकान्तरका लागि दिलनिशानी मगरले कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसँग कुराकानी गरेका थिए ।
किसानले आफ्ना उत्पादनको वास्तविक मूल्य कहिले पाउँछन् ? उनीहरूको नाममा आएको अनुदान कहाँ गयो ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानीहेर्नुहोस्, भिडियोमा :