०६ साउन २०८३, बुधबार

एनआईसी एसियाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

एनआईसी एसियाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले १ हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ वर्षको अवधिमा परिपक्व हुने वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको ‘एनआईसी एसिया ऋणपत्र २०८३/८४’ निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

ऋणपत्र निष्काशन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिसनारायण जोशीले हस्ताक्षर गरेका छन् । ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्काशन तथा बिक्री खुल्ला गरिने छ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करीब १६ लाख ग्राहक महानुभावका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्